अञ्जुको सम्बन्ध बिच्छेद !

अञ्जुले मनोजसँग सम्बन्धबिच्छेदका लागि एक कानुन ब्यबसायीसँग परामर्श गरिरहेकी छन् ।

टीचर के टॉपलेस फोटो ने मचाया तूफान

ब्रिटेन के नामी हैरो स्कूल की एक आर्ट टीचर के टॉपलेस फोटो ने तूफान मचा दिया है। आर्ट टीचर जोएन सैली के ये उत्तेजक फोटो स्कूल के स्टूडेंट्स के बीच चर्चा का विषय बने हुए हैं।

सेक्स डॉल ने बढ़ा दी सायरस की परेशानी!

किसी की लोकप्रियता और खूबसूरती का इससे भद्दा इस्तेमाल और क्या हो सकता है कि उसके नाम और पहचान पर सेक्स डॉल की बिक्री शुरु कर दी जाए।सिंगर माइले साइरस के साथ कुछ ऐसा ही हुआ है।

अब नही देख पाएंगे पोर्न साइट्स

चीन में 62 ऐसी वेबसाइटों को प्रतिबंधित कर दिया गया है

लांच हुआ दुनिया की सबसे बड़ी साइज का ब्रा

ब्रिटेन की एक कंपनी ने दुनिया की सबसे बड़ी साइज का ब्रा लांच किया है।

Friday, March 9, 2012

‘बिकिनी परेड’को कीर्तिमान


पानामा सिटी,‘गिनिज बुक’ मा नाम लेखाउने होडबाजी चलिरहादा अमेरिकाको ˆलोरिडा राज्यमा रहेको पानामा सिटीमा युवतीहरूले विश्वकै सबैभन्दा ठूलो ‘बिकिनी परेड’ गरी कीर्तिमान कायम गरेका छन् । ब्रा र पेन्टी मात्रै लगाएका चार सय ५० जना युवती परेडमा सहभागी थिए । यसअघि तीन सय ५७ जनाको ‘बिकिनी परेड’ को कीर्तिमान तोड्दै पानामा सिटीमा भएको परेड ‘गिनिज बुक’ मा दर्ता भएको हो । परेडमा सहभागी हुन अमेरिकाका अन्य राज्यका युवती पनि आएका थिए । उनीहरूले एक माइल दूरी हिाडेर पार गरेका थिए ।
एक युवतीले देशका लागि केही गर्नै पर्छ भन्ने लागेपछि परेडमा सहभागी हुन आएको बताइन् । ‘यो मेरो जीवनकै सबैभन्दा रोमाञ्चक दिन हो, गिनिज बुकमा नाम लेखिएपछि मेरा आाखा रसाएका थिए । अमेरिकी हुनमा मलाई गर्व छ,’ कार्ली क्विन नाम गरेकी ती युवतीले भनिन् । -एजेन्सी)

युवामै अर्बपति


विश्वकै धनी व्यक्तिमा गनिनु यसै पनि चानचुने कुरा होइन । त्यसमाथि युवा उमेरमै परिश्रम गरेर विश्वका धनीहरूको सूचीमा पर्नु झनै ठूलो कुरा हो । सामान्यतः मान्छेले युवा उमेरभरि सङ्घर्ष गरेर प्रौढ उमेरमा सकेजति पैसा बचत तथा सङ्कलन गर्दछ । तर, समय बदलिएको छ । आधुनिक युगको मर्म बोक्ने काममा हात हाल्ने हो भने व्यक्ति सफल हुन धेरैबेर लाग्दैन । कम्प्युटर र प्रविधिले मारेको छलाङसँगै फड्का हान्दै विश्वका केही युवा धेरै कमाउने व्यक्तिका रूपमा चर्चित र चित्रित भएका छन् । उनीहरू उमेरले ३० कटेका छैनन्, तर पैसा भने प्रशस्त कमाएका छन् ।
धनी युवाको सूचीमा पहिलो नम्बरमा छन्, लोकप्रिय ई–सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा मालिक मार्क जुकरबर्क । फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको नयाँ तथ्यअनुसार जुकरबर्क विश्वका ३५ औँ धनीमा समेत पर्दछन् । सन् १९८४ मे १४ मा जन्मिएका जुकरबर्क कम्प्युटर प्रोग्रामर तथा इन्टरनेट व्यवसायी हुन् । उनले सन् २००४ मा आफ्नो कक्षाका केही साथीहरूको सहयोगमा फेसबुकको स्थापना गरेका थिए । अमेरिकाको हार्वर्ड विश्वविद्यालयका विद्यार्थीमा सीमित गरिएको फेसबुकले पछि विश्वका सबै भागमा बजार लिएको हो । टाइम म्यागेजिनले सन् २०१० मा जुकरबर्कलाई वर्षव्यक्तिका रूपमा चिनाएको थियो । अहिले उनको व्यक्तिगत सम्पत्ति १७ दशमलव ५ खर्ब अमेरिकी डलर रहेको अनुमान गरिन्छ ।
धनी युवाको दोस्रो क्रममा बेलायती भिडियोगेम डेभलपर एन्ड्रिउ क्रिस्टोफर पर्छन् । सन् १९७८ डिसेम्बर २ मा जन्मिएका यी युवाले ६ सय ५० अर्ब अमेरिकी डलर कमाइसकेको बताइन्छ । क्रिस्टोफर क्याम्ब्रिज विश्वविद्यालयका छात्र थिए । सन् २००७ मा सन्डे टाइम्सले निकालेको ब्रिटेनको धनी व्यक्तिको सूचीमा यिनी ६ सय ५४ औँ स्थानमा थिए । पुनः सन् २००९ मै सन्डे टाइम्सका अनुसार यिनी ५६६ औँ धनी व्यक्तिमा गनिए । पछि दी टेलिग्राफले क्रिस्टोफरलाई ब्रिटेनका ११ औँ धनी व्यक्तिका रूपमा प्रस्तुत ग¥यो । यिनले सुरुमा साथीहरूसँग मिलेर जागेस गेम स्टुडियो खोलेका थिए । सन् २०१० को डिसेम्बरमा यी युवाले जागेस कम्पनी छोडे र पछि आफैँले नयाँ गेमिङ डेभलपमेन्ट र कन्सल्टिङ कम्पनी खोले । जहाँ उनको ९० प्रतिशत सेयर छ ।
त्यस्तै, भिडियो आदानप्रदान गर्ने लोकप्रिय साइट युट्युबका सहसंस्थापक तथा पूर्वसिइओ चाड हुर्ली पनि धनी युवामा गनिन्छन् । यी अमेरिकी युवाको जन्म सन् १९७७ मा भएको हो । यिनले आफ्नो ३० औँ वसन्तसम्म आइपुग्दा ३ सय अर्ब अमेरिकी डलरको सम्पत्ति आफ्नो बनाइसकेका छन् । सन् २००६ अक्टोबर १६ मा हुर्ली र उनका साथी स्टेभ चिइनले युट्युबलाई १.६५ खर्ब अमेरिकी डलरमा बेचेका थिए । अक्टोबर २०१० मा हुर्लीले युट्युबको प्रमुख कार्यकारी अधिकृत पद छोडेका थिए । उनी हाल युट्युबको सल्लाहकारका रूपमा काम गरिरहेका छन् ।