Wednesday, March 16, 2011

विश्वकै धनी स्लिमले के-के गर्न सक्छन् ?


मेक्सिकन टाइकुन कार्लोस स्लिमले यो वर्ष पनि विश्वकै सर्वाधिक धनी व्यक्तिमा आफ्नो पकड पुनः बनाएका छन् । निकटतम प्रतिद्वन्द्वी बिल गेट्स र वारेन बफेटभन्दा आफूलाई माथि उभ्याई उनले दोस्रो पटक आफूलाई सर्वाधिक धनीको सूचीमा उभ्याएका हुन् । गत वर्ष ७१ वर्षीय स्लिमले आफ्नो सम्पत्तिमा २० अर्ब डलर थप गरी कुल सम्पत्ति ७४ अर्ब डलर पुर्‍याएको प्रसिद्ध आर्थिक पत्रिका फोब्र्सले उल्लेख गरेको छ । मेक्सिकोको वाषिर्क आर्थिक उत्पादनको ६.६ प्रतिशतबराबर उनको सम्पत्ति छ । सैद्धान्तिक रूपमा स्लिमले यो सम्पत्तिबाट लाखौं मानिसको जीवनस्तर परिवर्तन गर्न सक्छन्, सरकारी खर्च कटौती गर्न सक्छन् तथा असीमित रूपमा आरामदायी जीवन बिताउन सक्छन् ।
उनको सम्पत्तिले के-के गर्न सक्छ भन्ने विषयमा तल केही दृष्टान्त उल्लेख गरिएको छ:
१. आगामी दशकसम्म उनको सम्पत्तिले समग्र शिक्षा बजेट समेट्न सक्छ तथा प्रत्येक १० मेक्सिकनमध्ये झन्डै चार जनालाई पूरै वर्षभरि प्रमाणित न्यूनतम ज्याला दिन सक्छन् ।
२. उनको सम्पत्तिले ११ करोड २० लाख मानिसलाई आगामी ११ वर्षको अवधिसम्म ८० किलोको केक खुवाउन सक्छ ।
३. ७४ अर्ब डलर विश्वकै सातौं ठूलो तेल निर्यातकले गत वर्षको निर्यातबाट गरेको आम्दानीको दोब्बरभन्दा पनि बढी हो । यो रकमले राज्य सञ्चालित र्फम पेमेक्सको वाषिर्क कर बिल सञ्चालन गर्न सक्छ । यो कम्पनीको बजेट मेक्सिको सरकारको कुल बजेटको एकतिहाइ हुन आउाछ ।
४. बिदुर स्लिमको जोर्डनकी महारानी नुर र स्पेनिस सिलभिया गोमेज कुएटारासाग आश्चर्यजनक रूपमा सम्बन्ध गाँसिएको छ । यो पैसाले १ हजार ६ सय १७ गुलाबी हीरा किन्न सक्छन् । यसमा गत वर्ष सुथबेले ४ करोड ५७ लाख ५० हजार डलरमा बिक्री गरेको २४.७८ क्यारेटको ढुंगा पनि छ ।
५. उनको यो सम्पत्तिले अमेरिकी अन्तरिक्ष संस्था नासाको चार वर्षको सञ्चालन खर्च धान्न सक्छ ।
६. यो सम्पत्ति एचआईभी/एड्सका लागि संयुक्त राष्ट्रसंघीय कार्यक्रमले अनुमान गरेको विश्वव्यापी एचआईभीको वाषिर्क उपचार खर्च ९ अर्ब डलरभन्दा ८ गुणा बढी छ ।

0 comments:

Post a Comment