Wednesday, March 16, 2011

बिश्वकै होचा खगेन्द्रको उपाधि खोसिदै


विश्वका सबैभन्दा हाचो व्यक्ति खगेन्द्र थापाको उपाधि खोसिने भएको छ । खगेन्द्र भन्दा पनि होजो ब्यक्ती आएपछी उनको उपाधी खोसिन लागेको हो ।अब विश्वका सबैभन्दा हाचो व्यक्तिको उपाधी फिलिपिन्सका १७ वर्षीय जुनरे वालागिन्गले लाने भएका छन् । उनि खगेन्द्र भन्दा पाँच इन्च होचो छन् । उनि जूनमा १८ वर्ष पुग्ने र त्यसपछि उनलाई विश्वका सबैभन्दा हाचो व्यक्ति घोषणा गरिने समाचारमा जनाइएको छ । गिनिज बुक अफ वल्र्ड रेकड्सका प्रवक्ताले जुनेर १८ वर्षको भएपनि उनको उचाई नापिने र रेकर्डबारे पुष्टि गर्ने बताएको भारतीय समाचारपत्र जागरण न्युजले जनाएको छ ।जुनरेको शारीरिक बृद्धि एक वर्षको उमेरबाटै रोकिएको थियो । उनी निकै कमजोर छन् । जसका कारण उनी धेरैवेरसम्म उभिन समेत सक्दैनन भने हिडडुल गर्न आमाको साहारा लिन्छन् । विश्वका सबैभन्दा हाचो व्यक्तिको रेकर्ड आफ्नो नाममा हुने भएपछि जुनरे निकै खुसी छन् ।
खगेन्द्रको उचाई २७ इन्च छ । जुनरे खगेन्द्र भन्दा पाँच इन्च होचो छन् ।

0 comments:

Post a Comment